लेवनानको बेरुतमा इजरायली सेनाको हवाइ आक्रमण

काठमाडौं, १४ असोज : इजरायली सेनाले लेबनानको राजधानी बेरुतका विभिन्न आवसीय भवनमा गरेको हवाई आक्रमणमा एक सय पाँच जनाको ज्यान गएको छ । तीन सय ५९ जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी सिडोन नजिक ऐन अल–डेलबमा भएको हवाई आक्रमणमा दुईवटा आवसीय भवन ध्वस्त भएका जानकारी दिएको छ ।

ती भवनमा यसअघिका आक्रमणबाट प्रभावितले शरण लिएको अन्तराष्ट्रिय समाचार संस्था अलजजिराको खबरमा उल्लेख छ । इजरायली बमबारीबाट दक्षिणी लेबनान, बेका, बालबेक–हर्मेल प्रान्त र बेरुतका दक्षिणी नगरका कयौँ घर ध्वस्त भएका छन् । इजरायली सेनाले हिजबुल्लाहका नेतालाई लक्षित गर्दै धेरै ठाउँमा आक्रमण गरेको दाबी गरेको छ । इजरायली सेनाले यमनमासमेत आक्रमण गरिरहेको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी