नेकपा एमालेको सचिवालाय बैठक बस्दै

काठमाडौं, १५ असोज : आज नेकपा एमालेको सचिवालाय बैठक बस्दैछ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै एमालेले सचिवालय बैठक बोलाएको हो । बैठक  केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो । बैठकमा अविरल वर्षाका कारण देशमा ठूलो जनधनको क्षति भएकाले यसमा पार्टीका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालगायतका विषयमा छलफल हुने जनाइएको छ ।

सरकारले बाढी पहिरोबाट पीडितका लागि राहत र उद्धारमा प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएपछि सचिवालय बैठक बोलाइएको हो । सचिवालय बैठकमा समीक्षा र आगामी दिनमा कामलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस