आज सोह्रश्राद्धको अन्तिम दिन

काठमाडौं, १६ असोज : आज सोह्रश्राद्धको अन्तिम दिन । असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । असोज २ गतेदेखि शुरु भएको सोह्रश्राद्ध आज समापन हुँदैछ । पितृपक्ष सकिएपछि भोलिदेखि बडा दशैं शुरु हुन्छ ।

पितृपक्षमा १६ दिनसम्म दिवंगत भएका पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यी १६ दिनलाई सोह्रश्राद्ध पनि भनिएको हो । कारणवश तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ भने आज पनि गर्न नसकेमा आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न सकिनेछ ।

आज काठमाडौंको गोकर्णेश्वर, नुवाकोट–रसुवाको बेत्रावती, देवघाट, त्रिवेणीलगायत स्थानमा श्राद्ध गर्नेको भीड लागेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस