पोखरा एभेन्जर्सले तेस्रो विदेशी खेलाडीका रूपमा वेस्ट इन्डिजका फिलिपलाई भित्र्यायाे

काठमाडौं, ७ कार्तिक : वेस्ट इन्डिजका बलर एन्डरसन फिलिपले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । वेस्ट इन्डिजका बलर फिलिपलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको पोखरा एभेन्जर्सले जनाएको छ ।

टोलीमा अनुबन्ध भएका २८ वर्षीय एन्डरसन फिलिप तीव्र गतिका बलर हुन् । फिलिपलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो र प्रतिस्पर्धात्मक बनाउने योजना रहेको बताए ।

यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डे लीडलाई टोलीमा अनुबन्ध गरिसकेको छ । पोखरा एभेन्जर्समा नेपाल राष्ट्रिय टोलीका कुशल भुर्तेल मार्की खेलाडीका रूपमा रहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को अयोजनामा एनपीएल आउँदो मङ्सिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुँदैछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस