साउदी अरेबियाले २०३४ को विश्वकप फुटबलको तयारी थाल्यो

काठमाडौं, २७ मंसिर : सन् २०३४ को फिफा विश्वकप फुटबल एशियाली देश साउदी अरेबियामा हुने भएको छ । साउदी अरेबियाका रियाद, जेद्दा, अल खोबर, आभा र निओम शहरका १५ रङ्गशालामा खेल खेलाइने छ ।

९२ हजार दर्शक क्षमता भएको रियादको किङ सलमान स्टेडियम निर्माण सम्पन्न भएपछि त्यहाँ उद्घाटन र फाइनल खेल हुने चर्चा रहेको बीबीसीले जनाएको छ । खेल हुने १५ मध्ये चारवटा रङ्गशाला बनिसकेको खबरमा उल्लेख छ ।

यसअघि सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ । २०३० को विश्वकपका खेल मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वे गरी छ देशमा हुनेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस