समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं, २७ मंसिर : एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक बुधबारदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुरु भएको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बैठकले पार्टीको साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशको अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिने जनाइएको छ ।

बुधबार बसेको बैठकमा नेताहरुको कार्यविभाजन सम्बन्धि छलफल भए पनि टुंगोमा भने पुग्न सकेन ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस