समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं, २७ मंसिर : एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक बुधबारदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुरु भएको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बैठकले पार्टीको साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशको अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिने जनाइएको छ ।

बुधबार बसेको बैठकमा नेताहरुको कार्यविभाजन सम्बन्धि छलफल भए पनि टुंगोमा भने पुग्न सकेन ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’