काठमाडौं, २७ मंसिर : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा आसन्न केन्द्रिय समितिको बैठकको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।
केन्द्रिय समितिको बैठक पुस ३ गतेका लागि राख्ने तयारी गरिएको छ । बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसमायिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ ।





