एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खेल आज

काठमाडौं, ४ पुस : एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा आज नेपाल र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ ।

अस्ति मङ्गलवार नेपाल र भारतबीचको खेल वर्षाले रद्द भएपछि नेपाल समूह चरणमा अपराजित भएर सुपर फोरमा पुगेको छ । यस नतिजासँगै समूह ‘ए’ बाट भारत र नेपाल सुपर फोरमा पुगेका छन । यसअघि यी दुवै टिमले पाकिस्तानलाई हराएर एक खेलअघि नै सुपर फोरमा पुगेका थिए । पाकिस्तान प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपालले अब अर्को चरणमा समूह ‘बी’ बाट अगाडि बढेका बङ्गलादेश र श्रीलङ्कासँग खेल्न लागेको हो । नेपालले भोलि बङ्गलादेशसँग खेल्नेछ ।

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि