बङ्गलादेशलाई हराउँदै भारतले जित्यो १९ वर्षमुनिको महिला एशिया कपको उपाधि

काठमाडौं, ७ पुस : बङ्गलादेशलाई ४१ रनले हराउँदै भारतले १९ वर्षमुनिको महिला एशिया कपको उपाधि जितेको छ । भारतले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १८ ओभर ३ बलमा ७६ रनमा अलआउट भयो ।

बङ्गलादेशकी जुआरिया फेरदौसले सबैभन्दा धेरै २२ रन बनाइन् । भारतकी आयुषी शुक्लाले ३ विकेट लिइन् । यसअघि मलेसियाको क्वालालम्पुरका टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय १७ रन बनायो ।

भारतकी गोन्गाडी त्रिशाले ५२ रन बनाइन् । बङ्गलादेशकी फरजाना इस्मिनले ४ विकेट लिइन् । प्रतियोगितामा नेपाल पनि सहभागी भएकोमा ‘सुपर–फोर’ बाट बाहिरिएको थियो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस