इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

काठमाडौं, ७ पुस : इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । बेलुका पौने ८ बजे एभर्टन र चेल्सी खेल्दैछन् । चेल्सी ३४ अङ्कसहित दोस्रो स्थानमा र एभर्टन १५ अङ्कसहित १६ औँ स्थानमा छ ।

पौने ८ बजे नै म्यानचेस्टर युनाइटेड र बर्नमाउथले खेल्दैछन् । बर्नमाउथ २५ अङ्कसहित आठौँ स्थानमा छ भने युनाइटेड २२ अङ्कसहित १३ औँ स्थानमा छ । फुलहम र साउथह्याम्टन तथा लेस्टर सिटी र उल्भ्सको खेल पनि पौने ८ बजे नै हुनेछ ।

यस्तै राति सवा १० बजे टोटनहम र लिभरपुलले खेल्नेछन् । लिभरपुल ३६ अङ्कसहित शीर्ष स्थानमा छ भने २३ अङ्क भएको टोटनहम ११ औँ स्थानमा छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस