दरबारमार्गमा युवकमाथि कुटपिट गरेकाे आराेपमा तरूण दलका नेतासहित ८ जना पक्राउ

काठमाडौं, ७ पुस : दरबारमार्गमा एक जनालाई कुटपिट गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलका नेतासहित आठ जनालाई पक्राउ गरेको छ । हिजो बिहान दरबारमार्गकाे एक बारमा बैतडी घर भई काठमाण्डाैकाे नैकाप बस्ने ३६ वर्षीय रमेश भट्टमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते भएका भट्टको राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेको छ ।

अनुसन्धानका क्रममा गुण्डागर्दी गर्ने समूहको पहिचान भएपछि आठ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । पक्राउ पर्नेमा प्रमुख व्यक्ति कुलध्वज तामाङ छन् । काभ्रेको रोशी गाउँपालिका–४ घर भई काठमाण्डैकाे सुन्दरटोल बस्ने ३५ वर्षीय तामाङ तरूण दलका केन्द्रीय सदस्य हुन् ।

तामाङविरुद्ध यसअघि पनि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो भने उनी २०७२ मा डाँका–चोरी मुद्दामा पनि ११ महिना धुलिखेल कारागारमा बसेर छुटेका थिए ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस