एन्फा महिला लिगमा एपीएफ र वालिङ खेल्दै

काठमाडौं, २२ पुस : एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आज विभागीय टोली एपीएफ क्लब र वालिङ नगरपालिका खेल्दै छन् । खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे शुरू हुनेछ ।

पहिलो खेलमा एपीएफले बाग्मती प्रदेशलाई पराजित गरेको थियो । वालिङ आफ्नो पहिलो खेलमा नेपाल पुलिससँग हारेको थियो । एपीएफ शीर्ष स्थानमा रहँदा वालिङ पुछारबाट दोस्रो स्थानमा रहेको छ । पाँच टोलीको सहभागिता रहेको दोस्रो चरणमा चार टोलीले प्लेअफमा स्थान बनाउने छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस