मन्त्री महर्जनले उद्घाटन गरे यातायात व्यवसायीहरुको महाधिवेशन

नवलपुर, २४ पुस : एमाले निकट यातायात व्यवसयाीहरुको संगठन नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन तेस्रो महाधिवेशन नवलपुरको गैँडाकोटमा बुधबार सुरु भएकोछ । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले उद्घाटन गर्नु भएको महाधिवेशन बिहिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने आयोजकले जनाएको छ ।
नेपालको सार्वजनिक यातायात क्षेत्रमा करिव ७० प्रतिशत हिस्सा ओगट्ने यातायात व्यवसायीहरुको महाधिवेशनले नयाँ ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नुका साथै भद्रगोल बन्दै गइरहेको सार्वजनिक यातायात क्षेत्रलाई सुधारका लागि नीतिगत कार्ययोजना समेत पारित गर्ने संगठनका अध्यक्ष श्रीप्रसाद मैनालीले जानकारी गराउनुभयो ।


नेपालको यातायात क्षेत्रमा निजी क्षेत्रबाट लगानी भएको करिव १० खर्ब रुपैया धरासायी भइरहेको, करिव ११ लाख यातायात मजदुरहरु विस्थापित हुँदै गइरहेको र यात्रुहरुले समेत सुरक्षित तथा भरपर्दो यातायात सेवा नपाइरहेको अवस्थामा देशकै ठुलो यातायात व्यवसायीहरुको संगठनको महाधिवेशनले सरकारलाई सुझाव सहितको योजना समेत पास गर्ने महासचिव डेकनाथ गौतमले बताउनुभयो ।

महाधिवेशनमा देशरभीबाट ४ सय ४५ प्रतिनिधिहरु सहभागीरहेको र बिहिबारसम्म महाधिवेशन सञ्चालन हुने आयोजक तथा कार्यबाहक उपमहासचिव देविन श्रेष्ठले जानकारी गराउनुभयो । श्रेष्ठका अनुसार बुधबार उद्घाटन समारोह पछि साझसम्म सांगठानिक तथा राजनीतिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुतपछि त्यसलाई पास गराएर बिहिबारलाई नेतृत्व चयनका काम मात्रै बाँकी रहने र बिहिबार समयमै महाधिवेशन समापन हुने बताउनुभयो ।

महाधिवेशनमा नेपालका यातायात व्यवसयायी संघ संगठन र यातायात मजदुर सम्बध संघ संगठन तथा यातायात सम्बध महासंघहरुको समेत सहभागीता रहेको छ । अधिवेशनमा अग्रज यातायात व्यवसायीहरु चितवनका कृष्ण अधिकारी, धरानका सरोज श्रेष्ठ र कृष्णप्रासद सुवेदी र चितवनका रामप्रसाद सुवेदीलाई सम्मान गरिएको छ ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने