एन्फा महिला लिगमा आज एपीएफ र पुलिस क्लब खेल्दै

काठमाडौं, २५ पुस : एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आज एपीएफ र नेपाल पुलिस क्लब खेल्दैछन् । विजेता एपीएफ र पुलिसको खेल एन्फा मुख्यालय मैदान सातदोबाटोमा दिउँसो ३ बजे शुरू हुनेछ । पछिल्ला दुई खेलमा एपिएफले १४ गोल गरेको छ ।

उपाधिको बलियो दाबेदार एपीएफले यसअघि बाग्मती युथ क्लब र वालिङ नगरपालिकालाई हराएको थियो । एपीएफले पछिल्लो खेलमा वालिङलाई ९–० गोल अन्तरले हराएको थियो । पुलिस यो लिगमा एक गोल पनि नखाने टोलीमध्ये एक हो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस