खो–खो विश्वकप पुरुषतर्फ पेरुलाई हराउँदै नेपालको पहिलो जीत : आज ब्राजिलसँग खेल्दै

काठमाडौं, २ माघ : खो–खो विश्वकपको पुरुषतर्फ पेरुलाई हराउँदै नेपालले पहिलो जीत निकालेको छ । हिजो बेलुका भएको आफ्नो दोस्रो खेलमा नेपालले पेरुलाई ८०–३४ ले हराएको हो । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर हलमा अस्ति भएको उद्घाटन खेलमा नेपाल भारतसँग ४२–३७ ले पराजित भएको थियो । नेपाल रहेको समूह ‘ए’ मा भारत, पेरु, ब्राजिल र भुटान रहेका छन् । नेपालले आज आफ्नो तेस्रो खेलमा बिहान ११ बजे ब्राजिलसँग खेल्दैछ ।

नेपालले समूह चरणको अन्तिम खेलमा भोलि भुटानसँग खेल्नेछ । खो–खो विश्वकपमा नेपालबाट महिला र पुरुष दुवै टोलीको सहभागिता छ । महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार/चार समूहमा विभाजन गरिएको छ । महिला र पुरुषको समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । नेपालको महिला टोलीले हिजो पहिलो खेलमा भुटानलाई ८३–२४ र दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले हराउँदै लगातार दोश्रो जीत निकाल्यो ।

नेपाली महिला टोलीले आज तेस्रो खेलमा दिउँसो साढे २ बजे श्रीलङ्कसँग खेल्दैछ । भोलि समूह चरणको अन्तिम खेलमा बङ्गलादेशसँग खेल्नेछ । समूह ‘सी’ मा नेपालसहित, भुटान, जर्मनी, बङ्गलादेश र श्रीलङ्का छन् । दुवैतर्फको फाइनल खेल जनवरी १९ तारिख अर्थात् आउँदो आइतवार हुनेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस