रवि लामिछानेको मुद्दामा आज थुनछेक बहस हुने

काठमाडौं, २ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा आज थुनछेक बहस हुने भएको छ । गत सोमबार काठमाडौं जिल्ला अदालतमा हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दामा आज थुनछेक बहस हुन लागको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भइरहेको थुनछेक बहस नसकिएपछि आजलाई सारिएको थियो ।

उक्त प्रकरणमा सरकारी वकिल तर्फको बहस सकिएपछि लामिछाने तर्फका कानून व्यवसायीहरुले प्रतिरक्षा बहस शुरु गरेकोमा उनीहरुको बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । बहसमा सहभागी ११ जना सरकारी वकिलहरुले लामिछानेलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने जिकिर गरेका थिए । तीन वर्षभन्दा बढी सजाय हुन सक्ने कसुर भएकाले प्रतिवादीलाई थुनामै पठाउनु पर्ने उनीहरुले बताएका थिए ।

रविलाई गोरखा मिडियामार्फत स्वर्णलक्ष्मी सहकारीको बचतकर्ताको ५ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस