सभापति कपमा आज मच्छिन्द्र र एपिएफ भिड्ने

काठमाडौं, ११ माघ : सभापति कप फुटबलमा आज मच्छिन्द्र क्लब र सशष्त्र प्रहरीको एपिएफ टिम भिड्नेछन् । खेल साँझ साँढे ५ बजे दशरथ रंगशाला त्रिपुरेश्वरमा हुनेछ ।

यो खेलको विजेता टोलीले सेमिफाइनलमा संकटा क्लबको सामना गर्नेछ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा हिजो चर्च ब्वाइजलाई ३–० ले हराउँदै संकटा सेमिफाइनलमा पुगेको हो ।

नेपाली काँग्रेस निकटको लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको नकआउट ढाँचाको सभापति कप फुटबल प्रतियोगितामा आठ टोली सहभागी छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस