सभापति कपमा आज मच्छिन्द्र र एपिएफ भिड्ने

काठमाडौं, ११ माघ : सभापति कप फुटबलमा आज मच्छिन्द्र क्लब र सशष्त्र प्रहरीको एपिएफ टिम भिड्नेछन् । खेल साँझ साँढे ५ बजे दशरथ रंगशाला त्रिपुरेश्वरमा हुनेछ ।

यो खेलको विजेता टोलीले सेमिफाइनलमा संकटा क्लबको सामना गर्नेछ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा हिजो चर्च ब्वाइजलाई ३–० ले हराउँदै संकटा सेमिफाइनलमा पुगेको हो ।

नेपाली काँग्रेस निकटको लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको नकआउट ढाँचाको सभापति कप फुटबल प्रतियोगितामा आठ टोली सहभागी छन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा