इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फुलहामलाई हरायो

काठमाडौं, १४ माघ : इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेडले फुलहामलाई १–० ले हराएको छ । यस्तै एस्टन भिला र वेस्ट हामले १–१ गोलको बराबरी खेलेका छन् ।

यस्तै ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई र लेस्टर सिटीले टोटनहम हट्सपरलाई समान २–१ गोलले हराएका छन् । ईपीएलमा ५३ अङ्कसहित लिभरपुल शीर्ष स्थानमा छ । यस्तै आर्सनल ४७ अङ्कसहित दोस्रो र नटिङ्घम फरेस्ट ४४ अङ्कसहित तेस्रो स्थानमा छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस