सुनचाँदीको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो

काठमाडौं, १४ माघ : सुनको भाउ तोला आज तोलामा तीन सय रुपैयाँले घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार चार सय रुपैयाँ रहेको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ६५ रुपैयाँ रहेको थियो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस