सुनको भाउ आज एकैदिन एक हजार नौ सय रुपैयाँले बढ्यो

काठमाडौं, २२ माघ : सुनको भाउ आज एकैदिन एक हजार नौ सयले बढेको छ । सुनको भाउ आज एक हजार नौ सय रुपैयाँले बढेर तोलाकाे एक लाख ६४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

लगातार तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज बढेको हो । हिजो सुनको भाउ तोलाको एक लाख ६२ हजार आठ सय रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ३५ रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ३० रुपैयाँमा कायम भएकाे महासङ्घले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस