काठमाडौं, २२ माघ : बेलायतका राजकुमार एवम् एडिनबर्गका ड्युक एड्वार्ड र उहाँकी श्रीमती सोफी काठमाण्डाै आइपुग्नुभएको छ । आज बिहान साढे ११ बजे सोफी र त्यसको केहीबेरपछि एड्वार्ड काठमाण्डौ आइपुग्नुभएको हो ।
दुवै जनालाई परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्नुभएको छ । बेलायती राजकुमार दम्पतीको सुरक्षामा नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । उहाँहरूलाई ‘ख श्रेणी’ को सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । बेलायती राजकुमार दम्पतीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने तालिका रहेको छ । उहाँहरू ब्रिटिश गोर्खाको शिविरमा पनि जानुहुनेछ ।
यस्तै काठमण्डौ, पोखरा र घान्द्रुकका विभिन्न ठाउँमा घुमघामको पनि तालिका रहेको छ । बेलायती राजकुमार दम्पतीको सन् २०२५ को यो पहिलो विदेश भ्रमण हो । उहाँहरू आउँदो आइतवार स्वेदश फर्कनुहुनेछ ।