आहा रारा गोल्डकप फुटबलमा आज एपीएफ र मच्छिन्द्र भिड्ने

काठमाडौं, २३ माघ : आहा रारा पोखरा गोल्डकप फुटबलमा आज सशस्त्र प्रहरीको एपीएफ क्लब र मच्छिन्द्र क्लबबिच खेल हुनेछ । पोखरा रंगशालामा हुने यो खेलको विजेता टोली प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्नेछ ।

मंगलबार भएको खेलमा आयोजक साहारा क्लबलाई हराउँदै नेपाल पुलिस क्लब क्वार्टरफाइनलमा पुगिसकेको छ । उद्घाटन खेलमा पुलिस क्लबले स्थानिय समर्थनप्रापत सहारा क्लबलाई १–० ले हराएको हो । खेलको ३६औं मिनेटमा उज्वल राईले गरेको गोल नैं खेलको निर्णायक गोल बन्यो ।

पुलिसले अब सेमिफाइनल प्रवेशका लागि ब्रिगेड ब्वाइज क्लब युकेसँग माघ २६ गते खेल्नेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस