भारतको दिल्लीमा विधानसभा चुनाव शुरु

काठमाडौं, २३ माघ : भारतको दिल्लीमा विधानसभा चुनाव शुरु भएको छ । दिल्लीका सबै ७० सिटका लागि आज बिहान सात बजेदेखि चुनाव शुरु भएको हो । निर्वाचनको परिणाम ८ फेब्रुअरीमा सार्वजनिक हुने छ । निर्वाचनमा ६ सय ९९ उम्मेदवार मैदानमा छन् ।

एक करोड ५६ लाख मतदातामध्ये झण्डै १८ प्रतिशत स्वीङ भोटर्स रहेको र उनीहरु नै जितका लागि निर्णायक हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दिल्लीको सत्ता लगातार तेस्रो पटक हात पार्ने दाउँमा आम आदमी पार्टी छ । आदमीलाई रोक्ने प्रयासमा भाजपा र काँग्रेस छन् । लगातार तीन पटक केन्द्र सरकारको नेतृत्व गरिरहेको भाजपा दिल्ली प्रदेशको सरकारमा भने २५ वर्षदेखि बाहिर छ ।

आम आदमी पार्टी सरकारको नेतृत्वमा आउनुअघि कांग्रेसले १५ वर्षसम्म दिल्लीको सत्ता चलाएको थियो । तर विगतका दुई निर्वाचनमा भने काँग्रेसले एक सिट पनि जित्न सकेको छैन ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस