त्रिदेशीय महिला टी–२० शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड खेल्दै

काठमाडौं, २४ माघ : त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड खेल्दैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । थाइल्यान्ड ४ वटै खेल जित्दै ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ५ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ ।

नेपाल अङ्कविहीन हुँदै पुछारमा छ । नेपालले यसअघिका ५ वटै खेल हारेको छ । नेपाली महिला टोली नेदरल्यान्ड्स ३ पटक र थाइल्यान्डसँग २ पटक पराजित भएको छ । लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले शृङ्खलाको उपाधि जित्नेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस