शेयर बजार दोहोरो अंकको गिरावट

काठमाडौं, २४ माघ : साताको अन्तिम कारोबार दिन शेयर बजार घटेर बन्द भएको छ । बजार परिसूचक नेप्से आज ११ दशमव ६४ अंकले घटेर २६९९ दशमलव ८१ विन्दुमा झरेको छ । परिसूचक घटेपनि कारोबार रकम भने सामान्य बढेको छ ।

नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज वित्त उपसमूह बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूह भने १ दशमलव ५८ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूह सर्वाधिक १ दशमलव ५३ प्रतिशतले घटेको छ । घटेको बजारमा पनि अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज ३१५ स्टकको एक करोड ८६ लाख कित्ता शेयर ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा साहस उर्जाको सर्वाधिक ३१ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस