‘च्याम्पियन्स ट्रफी’ अघि अस्ट्रेलियालाई झड्का, स्टोइनिसले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिए

काठमाडौं, २४ माघ : अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ध्यान केन्द्रित गर्ने भन्दै स्टोइनिसले तत्काल लागू हुने गरी एकदिवसीय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ ।

आउँदो फेब्रुअरीदेखि पाकिस्तानमा शुरू हुने आईसीसी च्याम्पियन्स ट्रफीका लागि स्टोइनिस अस्ट्रेलियाको १५ सदस्यीय टोलीमा समावेश थिए । स्टोइनिसले एकदिवसीय क्रिकेटबाट सन्न्यासको घोषणा गरेसँगै अस्ट्रेलियालाई ठूलो झड्का लागेको छ ।

यसअघि नै अस्ट्रेलियाका मिचेल मार्श चोटका कारण बाहिरिइसकेका छन् भने कप्तान प्याट कमिन्सले खेल्ने सम्भावना पनि निकै कम छ । ३५ वर्षीय मार्कस स्टोइनिसले ७१ एकदिवसीय क्रिकेटमा एक शतकसहित १ हजार ४ सय ९५ रन बनाउनुका साथै ४८ विकेट लिएका छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस