तेक्वान्दोका आयुर र दिक्षान्तलाई मलेसियामा स्वर्ण

काठमाडौं, २९ माघ : नेपालका आयुर ढकाल र दिक्षान्त लामिछानेले मलेसियामा भएको १२औं स्पिड पावर तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण पदक जितेका छन् । मलेसियाको क्वालालम्पुरमा भएको च्याम्पियनशिपमा आयुर र दिक्षान्तको स्वर्णसहित नेपालले कुल सात पदक जितेको छ ।

दुवै स्वर्ण नेपालले पुम्सेमा जितेको हो । आयुरले ९ देखि ११ वर्ष उमेरसमूहमा र दिक्षान्तले १२ वर्षमुनि उमेरसमूहमा स्वर्ण पदक जितेका हुन् । आयुरले झापाको मेची तेक्वान्दो डोजाङ र दिक्षान्तले हात्तिवन तेक्वान्दो डोजाङबाट खेल्ने गर्छन् ।

च्याम्पियनशिपमा अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङ, मुना खवास मगर र बब्लु सिवाकोटीले निर्णायक हुनुहुन्थ्यो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस