कोशी, गण्डकी र कर्णालीमा हिमपातको सम्भावना

काठमाडौं, २९ माघ : पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले आज कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ । तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका अरु ठाउँमा मौसम सामान्यतया सफा छ । २६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्थामा आंशिक बदली भन्ने गरिएको छ । यस्तै २५ प्रतिशतसम्म आकाशमा बादल लागेमा मौसम सफा रहेको मानिन्छ ।

पश्चिमी न्यूनचापीय प्रणाली वायुमण्डलीय प्रणाली हो, जसले पश्चिमी क्षेत्रबाट पूर्वतर्फ सर्ने क्रममा दक्षिण एशियाली क्षेत्र विशेष गरी भारत, पाकिस्तान, नेपाल र आसपासका देशमा मौसममा महत्त्वपूर्ण परिवर्तन ल्याउने गर्छ ।

संबन्धित शिर्षकहरु

त्रिविका ३८ वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव सम्पन्न

१९ वर्षमुनिको साफ च्याम्पियनशिपको खेलतालिका सार्वजनिक

पहुँचको नभइ पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु : प्रहरी महानिरीक्षक थापा