सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

काठमाडौं, २९ माघ : सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । सुनकाे भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको छ । त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । आज चाँदीको भाउ ३० रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस