इङ्गल्यान्डसँगको एकदिवसीय शृङ्खलामा भारतको क्लीन स्वीप

काठमाडौं, १ फागुन  : भारतले इङ्गल्यान्डसँगको एकदिवसीय शृङ्खलामा क्लीन स्वीप गरेको छ । भारतले तेस्रो खेल एक सय ४२ रनले जितेर शृङ्खला ३–० ले जितेको हो । भारतले दिएको ३ सय ५७ रनको लक्ष्य पछाएको इङ्गल्यान्डले ३४ ओभर २ बलमा अल आउट हुँदै २ सय १४ रन मात्र बनायो ।

इङ्गल्यान्डका लागि टम बानटन र गस अटकिन्सनले समान ३८ रन बनाए । भारतका अर्शदीप सिंह, हर्षित राना, हार्दिक पाण्डेय र अक्क्षर पटेलले २–२ विकेट लिए । यस अघि पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा अल आउट हुँदै ३ सय ५६ रन बनाएको थियो ।

भारतका लागि शुभमन गिलले १ सय १२ रनको शतकीय पारी खेलेका थिए भने श्रेयस अय्यरले ७८ र विराट कोहलीले ५२ रन बनाएका थिए । योसँगै भारतले ३ खेलको सिरिज ३–० ले जितेको छ र शृङ्खलामा क्लीन स्वीप गरेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस