युक्रेनसँग तत्काल युद्ध अन्त्यका लागि वार्ता गर्न रुस तयार : अमेरिकी राष्ट्रपति ट्रम्प

President Donald Trump

काठमाडौं, १ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँगको युद्ध तत्काल अन्त्य गर्न वार्तामा बस्न रुस तयार भएको बताउनुभएको छ । रुसी समकमक्षी भ्लादिमिर पुटिनसँग भएको टेलिफोन वार्तामा युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न पुटिन सहमत हुनुभएको ट्रम्पले दाबी गर्नुभएको हो । उहाँले युक्रेन युद्ध अन्त्य गर्नका लागि तत्काल वार्ता अघि बढ्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दुवै राष्ट्रपति एक अर्को देशको भ्रमण गर्नसमेत सहमत भएको पुष्टि गर्नु भएको खबरमा उल्लेख छ । यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र ट्रम्पबीच पनि फोन वार्ता भएको छ ।

दुवै देशका राष्ट्रपतिसँगको टेलिफोन कुराकानीपछि रुस –युक्रेन युद्ध तत्काल अन्त्य हुने विषयमा चर्चा शुरू भएको छ । विशेषगरि ट्रम्प–पुटिन संवाद निकै आशाजनक मानिएको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटको भनाइ छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस