भारी हिमपातले टर्कीभरको जनजीवन प्रभावित

काठमाडौं, १ फागुन : टर्कीभर भारी हिमपातका कारण विद्यालय र यातायात बन्द गरिएको छ । हिमपातका कारण दक्षिणी टर्की र देशको उत्तरी तट जस्तै सामसुन र सिनोपमा रहेका काहरामनमारस, आदियामान र मालत्याले विद्यालय बन्द गरेका छन् ।

साथै यातायात बन्द गर्न निर्देशन दिएका छन् । उत्तरी कास्तामोनु प्रान्तमा ३३५ गाउँका सडकहरू बन्द गरिएको उनीहरूले बताए । इस्तानबुलमा, इस्तानबुल महानगरपालिकाले भारी हिमपात सप्ताहान्तसम्म जारी रहने बताएको छ ।- सिन्ह्वा/न्युज एजेन्सी नेपाल

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस