अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

काठमाडौं, २ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय व्यापार बढाउने र अन्य विषयमा छलफल भएको छ । ह्वाइट हाउसमा भएको छलफलमा ट्रम्पले दुई देशबीचको व्यापार घाटा कम गर्न थप अमेरिकी तेल र ग्यास आयात गर्न दिल्लीसँग सम्झौताको घोषणा गर्नुभएको छ । द्विपक्षीय वार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आक्रमणका आरोपी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।

यस्तै मोदीले दुवै देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापार दोब्बर गर्ने लक्ष्य राखेको बताउनुभयो । ट्रम्पले भारतसँग अमेरिकाको व्यापार घाटा लगभग सय बिलियन डलर रहेको बताउनुभयो । अमेरिकी राष्ट्रपति ट्रम्पले आयात करको कुरामा सहयोगी नै शत्रुभन्दा खराब हुन्छन भन्दै नयाँ पारस्परिक कर योजनाको घोषणा गरेपछि उहाँहरुको भेट भएको खबरमा उल्लेख छ । करको बदलामा कर योजना सबै अमेरिकी व्यापार साझेदारहरूमा लागू हुने छ ।

यो कर योजना ट्रम्प प्रशासनले घोषणा गरेको सबैभन्दा नयाँ शृङ्खला हो । ट्रम्पले नयाँ घोषणा भएका कर व्यवस्था कहिलेदेखि लागू हुने भन्ने स्पष्ट समय भने तोक्नु भएको छैन । ट्रम्पले कर नीतिबारे धम्की मात्र दिएको पनि यसबाट पछि हट्ने सम्भावना रहेको खबरमा उल्लेख छ ।

संबन्धित शिर्षकहरु

त्रिविका ३८ वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव सम्पन्न

१९ वर्षमुनिको साफ च्याम्पियनशिपको खेलतालिका सार्वजनिक

पहुँचको नभइ पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु : प्रहरी महानिरीक्षक थापा