रुस–युक्रेन युद्ध अन्त्य गरी युक्रेन बचाउन १८ युरोपेली देशले गठबन्धन बनाउने

काठमाडौं, १९ फागुन : बेलायती प्रधानमन्त्री केयर स्टार्मरले रुस–युक्रेन युद्धको अन्त्य गर्ने तथा युक्रेनलाई रुसबाट बचाउनका लागि युरोपेली देशहरुको गठबन्धन बनाउने बताउनुभएको छ । यसका लागि चार सूत्रीय योजना सार्वजनिक गर्दै अमेरिकालाई समावेश गर्ने योजना बनाइएको उहाँको भनाइ छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित फ्रान्स, बेलायत लगायत १८ युरोपेली देशको नेतृत्वसहितको सम्मेलनपछि बेलायती प्रधानमन्त्री स्टार्मरले आफूहरू इतिहासको महत्त्वपूर्ण मोडमा आइ पुगेको बताउनुभएको बीबीसीले जनाएको छ ।

उहाँले युरोपेली देशको माझमा विगतमा कहिले पनि नदेखिएको अभूतपूर्व एकता देखिएको बताउनुभयो । बैठकले युक्रेनमाथिको सैन्य सहयोग यथावतै राखेर रुसमाथिको आर्थिक दबाब बढाउने सहमति गरेको छ । बैठकमा युद्धको अन्त्य गर्ने विषयमा युक्रेनको भविष्यको सुरक्षाको ग्यारेन्टी तथा युक्रेनको सार्वभौम रक्षाको विषयलाई महत्त्व दिने सहमतिसमेत गरेका छन् । युरोपेली देशले सधैँका लागि शान्ति स्थापनाका लागि इच्छुकहरूको गठबन्धन गर्ने सहमति गरेका हुन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस