शेयर बजार ७ दिनपछि बढ्याे, ८ अर्ब २३ कराेड रुपैयाँकाे काराेबार

काठमाडौं, २८ फागुन : लगातार सात कारोबार दिन घटेको शेयर बजार आज भने बढेको छ । आज शेयर बजार परिसूचक नेप्से १७ दशमलव २८ अङ्कले बढेर २ हजार ७ सय ३६ दशमलव ४८ विन्दुमा पुगेको छ ।

आज विकास बैंक र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा लगानी र अन्य समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । शेयर बजार दोहोरो अङ्कले बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने सामान्य घटेको छ ।

हिजो ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका २ करोड २९ लाख कित्ता शेयर ८ अर्ब २३ करोड रुपैयाँमा किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

आज र भोलि पहाडमा वर्षा तथा तराईमा गर्मी बढ्ने अनुमान

अमेरिकी पहलमा इजरायल र लेबनानबीच १० दिने युद्धविराम लागू

मुम्बईलाई हराउँदै पञ्जाब आईपीएल क्रिकेटको शीर्षस्थानमा