कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

काठमाडौं, ३ बैशाख : कम्बाेडियाबाट ४६ जना नेपालीकाे उद्धार भएकाे छ । थाइल्यान्डकाे बैंककमा रहेकाे नेपाली दूतावासले उनीहरूकाे उद्धार गरेकाे हाे । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानूनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको दूतावासले जनाएकाे छ ।

दूतावासकाअनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा १ हजार ९७७, २०२३ मा २ हजार ९४०, २०२४ मा ६ हजार ४०४ र २०२५ मा ९ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए । दूतावासले श्रम स्वीकृति नलिई कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड नजान अनुरोध गरेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा