काठमाडौं, १२ कात्तिक : आउँदो १५ गते आइतबारदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने गाडीले शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना निकालेर सडक उपभोग दस्तुर बापत शुल्क लिने जानकारी गराएको हो ।
सडर्क बोर्ड नेपालको निर्णयअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अरु हलुका गाडी काठमाण्डौ प्रवेश गर्दा ६५ र काठमाण्डौबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्नेछ । यस्तै मिनी बस, मिनी टिपर र मिनी ट्रकले काठमाण्डौ प्रवेश गर्दा ११५ र काठमाण्डौबाट बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ ।
यसैगरी बस, ट्रक काठमाण्डौ प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ । ठूला ट्रक तथा भारी उपकरण काठमाण्डौ प्रवेश गर्दा ६०० र काठमाण्डौबाट बाहिरिँदा २५० रुपैयाँ शुल्क लाग्ने आयोजनाले जनाएको छ ।




