सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

काठमाडौं, १२ कात्तिक : नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएकोछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। यससँगै आज प्रतितोला सुन २ लाख ८३ हजार ५ सय रुपैयाँमा कायम भएको छ।

हिजो सुन तोलाको २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।  यसैगरी आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ९३० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ