काठमाडौं, १२ कात्तिक : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्नेछन् ।
जनकपुर र काठमाडौंबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । जारी सिजनमा काठमाडौंले आज पहिलो खेल खेल्न लागेको हो । जनकपुर भने आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।
आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । साँझ ५ बजे सुरु हुने उक्त खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । विराटनगरले पनि प्रतियोगिताको आफ्नो अघिल्लो खेलमा चितवन राइनोजसँग हार बेहोरेको थियो ।




