गोरखाको खारखोला पुल ठेक्का सम्झौताको सात महिना अगावै निर्माण

गोरखा, ३ चैत्र : – पालुङ्टार नगरपालिका वडा नम्बर ९ ढुङ्गेटारीमा खारखोला पुल निर्धारित समय अगावै निर्माण भएको छ । १८ महिनाभित्र सम्पन्न गर्नेगरी गएको वर्ष चैतमा ठेक्का सम्झौता भएको पुल सात महिना बाँकी छँदै अघिल्लो महिना फागुनमा नै निर्माण सम्पन्न भएको हो ।

पुल श्रीगणेश अमृत जेभी कम्पनीले ठेक्का लिएको थियो । पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीका अनुसार पुलको केही दिनभित्रै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने तयारी छ । २५ मिटर लामो र ८ दशमलव ४ मिटर चौडाइ रहेको खारखोला पुलको लागत दुई करोड ७५ लाख रुपैयाँ रहेको छ । -रासस

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय