अस्ति कीर्तिमान बनाएको सुनको भाउ आज घट्यो

काठमाडौं, ३ चैत्र : अस्ति शुक्रवार एकैदिन तोलामा चार हजार रुपैयाँ बढेर कीर्तिमान बनाएको सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको हो । आज सुन तोलाको एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार सुनको भाउ तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अस्ति शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार ५० रुपैयाँ रहेको थियो ।

संबन्धित शिर्षकहरु

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक