सन् २०२५ भारतमा १ सय २५ वर्षकै गर्मी

काठमाडौं, ८ चैत्र : भारतका लागि सन् २०२५, १ सय २५ बर्षकै सवैभन्दा गर्मी वर्ष भएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार पछिल्लो १ सय २५ वर्षमा फेब्रुअरी महिनामा यति धेरै गर्मी कहिल्यै नभएको जनाइएको छ ।

यो वर्ष लु लाग्ने समय पनि पहिलाभन्दा छिटो आउनुका साथै तीब्रगतिमा बढिरहेको विभागले जनाएको छ । विभागका अनुसार भारतमा फेब्रुअरीको जाडो महिनामा पहिलो पटक लु चलेको बताइएको छ । अहिले भारतका विभिन्न भागहरुमा तापक्रम ४० डिग्री माथि पुगिसकेको छ ।

जलवायु परिवर्तनकै कारण पछिल्लो दशकमा भारतभर रातकोे समयमा तापमानमा वृद्धिभइ गर्मी बढिरहेकोे बताइएको छ । पछिल्लो जर्नलमां प्रकाशित एक अध्ययनका अनुसार असामान्य रुमपा बढेको गर्मीका कारण मानिसको निन्द्रमा पनि प्रभाव पार्नसक्ने जनाइएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस