सुनको भाउ उच्च मूल्यबाट तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडौं, ८ चैत्र : आज सुनको भाउ उच्च मूल्यबाट तोलामा एक हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति तोलामा एक लाख ७६ हजार रुपैयाँ पुगेर कीर्तिमान बनाएको सुनको भाउ हिजो भने स्थिर रहेको थियो ।

यस हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलाको एक लाख ७४ हजार एक सय रुपैयाँ रहेको थियो । सुनको भाउ हप्ताको पहिलो दिन र अन्तिम दिनको तुलना गर्दा नौ सय रुपैयाँले बढी हो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँले घटेर एक हजार नौ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३० रुपैयाँ कायम भएको थियो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस