टर्कीएमा विपक्षी दलले हिंसा भड्काएको राष्ट्रपतिको आरोप

काठमाडौं, १२ चैत : टर्कीएका राष्ट्रपति रेचेप तैय्यप एर्दोगानले विपक्षी राजनीतिक दलहरूलाई हिंसाको आन्दोलन भड्काएको आरोप लगाउनुभएको छ । गएको बुधवार एर्दोगानका राष्ट्रपति प्रतिद्वन्द्वी तथा इस्तानबुलका मेयर एवम् विपक्षी नेता इक्राम इमामोग्लु भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि विरोध प्रदर्शन भईरहेको छ ।

छ दिनसम्म भइरहेको विरोध प्रदर्शनलाई हिंसात्मक बनाउन विपक्षी राजनीतिक दलले भूमिका खेलेको राष्ट्रपति एर्दोगानको आरो रहेको बीबीसीले जनाएको छ । प्रदर्शनका क्रममा हजारौं मानिसहरू भेला भएका र अशान्ति बढेको भन्दै प्रदर्शनकारीमाथि अश्रुग्यास र रबरको गोली हानिएको छ । टर्कीए सरकारले विरोध प्रदर्शन शुरु भएदेखि एक हजार एक सय ३३ जनालाई पक्राउ गरेको खबरमा उल्लेख छ ।

मेयर पदबाट निलम्बित इमामोग्लुले आफूमाथि लगाइएका आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आउनुभएको छ । तर उनको दाबी राष्ट्रपति एर्दोगानले अस्वीकार गर्नुभएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस