अप्रिल २ मा धेरै देशहरूलाई भन्सारमा छुट दिन सकिन्छ : ट्रम्प

President Donald Trump

काठमाडौं, १२ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार पारस्परिक भन्सारको लागि अप्रिल २ को समयसीमा नजिकिँदै गर्दा आफूले धेरै देशहरूलाई भन्सारमा छुट दिनसक्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले पारस्परिक भन्सारको लागि आफूले धेरै देशहरुलाई छुट दिने योजना बनाएको बताउनुभयो ।

लामो समयदेखि धेरै देशहरुसँगको सम्बन्ध राम्रो रहेको र उनीहरुसँग अमेरिकाको सम्बन्ध राम्रो नै राख्ने बताउनुभयो । उहाँले अप्रिल २ लाई मुक्ति दिवसको रुपमा चित्रण गर्नुभयो । ट्रम्पले भेनेजुएलाबाट तेल÷ग्यास खरिद गर्ने कुनैपनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने बताउनुभयो ।

राष्ट्रपतिले ल्याटिन अमेरिकी देशलाई हजारौं अपराधीहरूलाई संयुक्त राज्य अमेरिका पठाएको आरोप लगाउनु भयो । जेपी मोर्गनका प्रमुख अर्थशास्त्री ब्रुस कास्मानले यस महिनाको शुरुमा अमेरिकी अर्थतन्त्रको बारेमा चिन्ता व्यक्त गर्नुभयो । सिन्ह्वा न्युज एजेन्सी नेपाल

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस