आईपीएल क्रिकेटमा आज राजस्थान र कोलकाता खेल्दै

काठमाडौं, १३ चैत : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स (केकेआर) खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे गुवाहाटीमा शुरु हुनेछ ।

कोलकाता उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीवी) सँग पराजित हुँदा राजस्थान पनि आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादसँग हारेको थियो । १८ औँ संस्करणको आईपीएल क्रिकेटमा हिजो भएको खेलमा गुजरात टाइटन्सलाई ११ रनले पराजित गर्दै पञ्जाब किङ्ग्सले विजयी शुरुआत गरेको छ ।

आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस