विश्व रङ्गमञ्च दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, १४ चैत : आज विश्व रङ्गमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । समाजका विकृति–विसङ्गतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष मार्च २७ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

यो वर्षको नारा ‘रङ्गमञ्च र शान्तिको संस्कृति’ रहेको छ । यसले रङ्गमञ्चको कथा कथन र प्रदर्शनको माध्यमबाट शान्ति र समझदारी प्रवर्द्धनको महत्त्वलाई उजागर गर्दछ । सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्टिच्युटले यो दिवसको अवधारणा ल्याएपछि १९६२ देखि हरेक वर्ष विश्व रङ्गमञ्च दिवस मनाउन थालिएको हो । पछिल्लो समय नेपालमा रङ्गमञ्चप्रतिको आकर्षण बढ्दो छ ।

रङ्गकर्मीका रूपमा उदाएका कलाकार चलचित्रमा जमेको पाइन्छ । यस्तै काठमाण्डौमा सञ्चालित नाटकघरमा दर्शकको आकर्षण पनि बढ्दो रहेको रङ्गकर्मी बताउँछन् ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी