सुनको भाउमा कीर्तिमान : तोलाको एक लाख ७६ हजार ८ सय रुपैयाँ पुग्यो

काठमाडौं, १७ चैत : सुनको भाउले आज कीर्तिमान बनाएको छ । सुनको भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो ।

अस्ति शुक्रबार सुनको भाउ तोलाको एक लाख ७६ हजार दुई सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलाको दुई हजार ४० रुपैयाँ थियो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस