वेस्ट इन्डिजको टेस्ट कप्तानबाट ब्राथवेटले राजीनामा दिए, टी–२० मा शाई होपले नेतृत्व गर्ने

काठमाडौं, १९ चैत : वेस्ट इन्डिजको टेस्ट क्रिकेट टिमको कप्तानबाट क्रेग ब्राथवेटले राजीनामा दिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का धेरै ठूला प्रतियोगिताहरू गुमाएपछि वेस्ट इन्डिज क्रिकेट अहिले ठूलो परिवर्तनको बाटोमा लागेको र क्रेग ब्राथवेटले चार वर्षपछि टेस्ट टोलीको कप्तानी छोडेका हुन् ।

३२ वर्षीय ब्राथवेट सन् २०२१ मार्चमा जेसन होल्डरको ठाउँमा कप्तान बनेका थिए । यसैबीच क्रिकेट वेस्ट इन्डिजले शाई होपलाई टी–२० टोलीको कप्तान बनाएको जानकारी दिएको छ । रोभम्यान पावेलको ठाउँमा एकदिवसीय टोलीका कप्तान होपले टी–२० टोलीको नेतृत्व पाएका हुन् ।

पावेल सन् २०२३ देखि टी–२० टोलीको कप्तान थिए । नयाँ टेस्ट कप्तानको घोषणा छिट्टै गरिने छ । अहिले यो दौडमा एलेक एथेनाजे, माइकल लुइस, केसी कार्टी र जस्टिन ग्रीभ्स जस्ता खेलाडी छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस