इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटनह्यामलाई हरायो

काठमाडौं, २२ चैत : इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटनह्यामलाई हराएको छ । गएरातिको खेलमा टोटनह्यामलाई १–० गोलले हराएर चेल्सी च्याम्पियन्स लिग छनोटमा फर्काएको छ । यो जीतसँगै न्यूक्यासल र म्यानचेस्टर सिटीलाई उछिन्दै चेल्सी ५२ अङ्कसहित लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

१४ औं स्थानमा रहेको टोटनह्यामको ३४ अङ्क छ । प्रतियोगितामा अब आठ चरणका खेलहरू बाँकी छन् र यसपटक शीर्ष पाँच टोली च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना छ । ईपीएलमा लिभरपुल ७३ अङ्कसहित शीर्ष, आर्सनल ६१ अङ्कसहित दोस्रो र नटिङ्घम फरेस्ट ५७ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस